नियम १३२
अन्तिम भुक्तानी
(१) खरिद सम्झौता बमोजिम सम्पन्न भएको कार्य सम्बन्धित
निकायले स्वीकार गरेपछि त्यस्तो निकायले आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा
प्रदायक वा परामर्शदातालाई अन्तिम भुक्तानी दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अन्तिम भुक्तानी दिंदा निर्माण कार्यको हकमा त्रुटि
सच्चाउने अवधि समाप्त भएपछि कार्य सम्पादन जमानत र नियम १३१ को उपनियम
(४) बमोजिम कट्टा गरिएको रिटेन्सन मनी रकमको पचास प्रतिशत रकम फिर्ता गर्नु
पर्नेछ । रिटेन्सन मनीको बा“की पचास प्रतिशत रकम सम्बन्धित आपूर्तिकर्ता, निर्माण
व्यवसायी वा सेवा प्रदायकले सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट आय विवरण
पेश गरेको प्रमाण कागजात पेश गरे पछि भुक्तानी दिनु पर्नेछ । तर त्रुटि सच्चाउने
अवधि भित्र सम्बन्धित निर्माण व्यवसायीले त्रुटि नसच्याएमा सम्बन्धित निकायले
रिटेन्सन मनी वा जमानत वापतको रकम प्रयोग गरी त्रुटि सच्याउन सक्नेछ ।
(३) खरिद सम्झौतामा निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा
परामर्शदाताले उपनियम (१) बमोजिम अन्तिम भुक्तानी लिनको लागि सम्बन्धित
निकायस“ग देहायका दावी वाहेक अन्य दावी नगर्ने कुरा उल्लेख गर्न सकिनेछ ः—
(क) विशेष दावी,
(ख) खरिद कार्य सम्पादन गर्दा उत्पन्न भएको वा हुने तेस्रो पक्ष प्रतिको
निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताको
दायित्व,
(ग) खरिद सम्झौताको सम्पादन गर्दा तेस्रो पक्षका सम्बन्धमा निर्माण
व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक वा परामर्शदाताले व्यहोरेको तर
सम्बन्धित निकायस“ग दावी नगरेको समयमा जानकारी नभएको
दायित्व सम्बन्धी सोधभर्नाको दावी ।